
म्याग्दीको बेनी नगरपालिका-३ स्थित बगर फाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।
शनिबार राति १० बजे खहरे खोला पुरेपछि खोलाले धार परिवर्तन गर्दा दुई जना बालिकालाई बगाएको हो।
घरबाट निस्केर भाग्ने क्रममा उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बेपत्ता हुनेमा ६ वर्षकी अनुष्का परियार र १० वर्षकी प्रविना परियार रहेको म्याग्दी जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले बताए।
‘उनीहरूको खोजी कार्य भइरहेको छ’, डिएसपी मरासिनीले भने।
उनले बगर फाँटमा रहेको बुद्ध एकेडेमीको होस्टेलमा रहेका १२ जना विद्यार्थीलाई राति नै उद्दार गरेको बताए। विद्यालय हाताभित्र पनि पानी पसेको थियो।