754 views 0 secs 0 comments

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक मृत्यु, छ घाइते…

In समाज
२५ मंसिर २०७६, बुधबार १३:०५

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  आज विहान मृत्यु भएको जानकारी दिए । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको छ । उनीहरु बिहान घाँस काट्न जङ्गल जाँदा  हात्तीको आक्रमणमा परेका थिए । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए।