416 views 0 secs 0 comments

बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई पक्राउ…

In समाज
२५ मंसिर २०७६, बुधबार १३:२०

नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले बताएको छ ।उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन ।