613 views 0 secs 0 comments

बम विष्फोटमा परेपछि यस्तो आयो गगन थापाको प्रतिक्रिया

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १६:०६

काठमाडौं– काठमाडौको चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् ।

अस्पतालमा सामान्य उपचारपछि अस्पतालबाट बाहिरिने क्रममा घाइते थापाले आफूलाई लक्षित गरेर बम बिस्फोट गराइए पनि आफु बच्न सफल भएको बताए ।

उनले लोकतन्त्र विरोधी तथा आफ्नो पक्षमा आएको जनमतको लहर देखेर कायरहरुले आफूलाई आक्रमण प्रयास गरेको भन्दै यस्ता घटनाबाट कांग्रेस र आफू कतिपनि विचलित नहुने बताए ।

बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका थिए । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर रहेको कांग्रेसले जनाएको छ ।