628 views 0 secs 0 comments

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ…

In समाज
२५ मंसिर २०७६, बुधबार १५:२०

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् ।
गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।