
रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रपुरमा दुईवटा शव बरामद भएको छ ।
चन्द्रपुरस्थित बजारमा एकजना र मुनलाइट स्कुलको अगाडी एकजना गरी दुई जनाको शव बरामद भएको प्रहरीले जनाएको हो ।बजारक्षेत्रमा फेलापरेको शव कुनै सवारी साधनको ठक्करबाट मृत्यु भएको व्यक्तिको हुनसक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अन्दाजी ३०–३५ वर्षको देखिने शवको पहिचान भन्ने खुल्न सकेको छैन । त्यसैगरी मुनलाइट स्कुल अगाडीको शव मगन्तेको रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी कबित कटवालले जनाएका छन् ।