
सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।
वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए ।