
गुल्मी, मंसिर २४ ।
घरमा श्रीमती र झण्डै आफू जत्रै छोरी पनि भएको थाहा पाई पाई आफ्नै गाउँ ठाउँमा चिनेको जानेको मान्छे संग “आफ्नो पनि बिहे भएको तर घर छोडेर माइतमा बस्दै आएकी ” सपना विष्ट बिहेको नाटक गरी केही वर्ष कमल खड्का सँग मोज मस्ती गरिन् ।
पछि विभित खालका समस्या देखाएर विवाद मा आई गुल्मी जिल्ला मदाने गाउँपालिका पूर्कोट दह इलाका प्रहरी कार्यालयमा गएर आफ्नो लिना दिना चुक्ता गरेर अब बाट हाम्रो कुनै सम्बन्ध छैन भनेर राजी खुसी छुट्टिए ।
प्युठान गउमुखि गाउँपालिका खुङ घर बताउने सपना विष्टले पटक पटक सामाजिक सञ्जालमा आफूले न्याय पाइन भन्दै कमल खड्का नाम गरेको व्यक्ति लाई जोडेर हरेक प्रकारका पोस्ट गर्दै आएकी छन् ।
यो बारेमा केहि विवादित कुरा ,जस्तै कहिले मेरो सब प्रमाण पुलिसले नष्ट गरिदियो भन्ने, कहिले मलाई जबरजस्ती सम्बन्ध छैन भनेर भन्न लगाइयो भन्ने, कहिले कमल मेरो श्रीमान् हो भन्ने ,जस्ता विभिन्न अफबाह फैलाउँदै सामाजिक सञ्जालमा न्याय माग्दै हिनेकि छन्।सपना विष्टले कसैको सल्लाह सुझाव लाई वास्तै नगरी बेला बेलामा सामाजिक सञ्जाल रंगाउँदै आएकी छन् । उनले कमललाई कहिले मेरो इज्जेत लुट्ने मान्छे भन्छिन् त कहिले मेरो ४ वर्ष सम्म सँगै बसेको पोई (श्रीमान ) भन्छिन् । अनि कहिले म ऊ बिना बाँच्न सक्दिन भन्छिन् त कहिले मैले त्यसलाई जिउँदो राख्दिन छुरी हानेर मार्छु र म जेल जान्छु भन्न पनि बाँकी छोडेकी छैनन् । आज मात्रै फोन बाट गरिएको झण्डै १० मिनेटको कुरा कनिमा यी सबै कुरा भन्न भ्याएकि छन् ।
बहु विवाह काे कानूनी प्रावधान र सामाजिक सञ्जलमा बाट हुने साइबर क्राइम को बारेमा केही जानकारी गराउन खोज्दा उनले मलाई धम्की नदिनु है !!!
म सँग टक्कर लिने तपाईं को हो भनेर एकदम कडा स्वभावले जवाफ दिइन् ।
“आफू भन्दा २ गुणा उमेर पुगेका , झण्डै आफ्नो उमेरकी छोरी भएका आफ्नै गाउँका मान्छे संग धेरै समय सम्म अनैतिक सम्बन्ध राख्दै आएकी सपना विष्टले अहिले आएर त्यो परिवारको आफू जस्तै नारीको जीवनको, मनको, इज्जतको कुनै सवाल नै नराखी सामाजिक सञ्जालमा तथानाम लेख्दै फोटो सहित पोस्ट गर्दै आएकी छन् ।”
उनले कहिले पुलिसलाई सराप्छिन् ,कहिले कमललाई …
ई प्र का पुर्कोटबाट पुलिसले तपाईं यहाँ मिल्न सक्नु हुँदैन भने माथिल्लो निकाय हरु छन् त्यहाँ जानु भनेर सल्लाह दिँदा# “होइन अब हाम्रो कुनै सम्बन्ध छैन ” भनेर केही नगद समेत लिएर आफ्नो मोबाइल मा भएका प्रमाण हरु समेत आफ्नै राजी खुसी नष्ट गरेर हाँसेर हीनेकी
सपना विष्टले अहिले मेरो सुन र ऋण मागेको पैसा लिनु छ म त्यसलाई छोड्दिन भन्दै फेरी कमलको पछि लागेकी छन् । पैसा र सुनको कुरा लाई विषय बनाएर सामाजिक सञ्जाल रंगाउदै सपनाले हरेक पटक हरेक प्रकारका स्टाटस लेखेका पोस्ट हरु कहिले १०/ १५ मिनेट मै डिलेट गर्छिन् त कहिले १/२ दिन पनि उनको वालमा सजिएको हुन्छ ।
आखिर सपना लाई चाइएको के हो त ???
उनले भनिन् म कमल लाई माया गर्ने मान्छे हो ,मलाई उसले घरमा तिम्रो लागि ठाउँ छैन भन्यो त्यसैले मैले फेसबुकमा मेरो दुःख पोख्दै छु भन्छिन् ।
यदि सपना ले कमल लाई माया गरेकै भए पुलिस चौकीमा गएर गाउँका २ पक्षका साक्षि हरु सहित केही नगद रुपियाँ समेत लिएर सम्बन्ध कट किन गरिन् ?
आफ्नो र कमलको विगतको सब प्रमाण किन मेटिन ?
यदि उनले आरोप लगाए जस्तै पुलिसले नै प्रमाण नष्ट गरेको भए त्यति बेला किन अन्य निकायमा न्याय नखोजेर मिला पत्र गरी खुरु खुरु घर फर्किन ?
आहिले आएर कुनै व्यक्तिलाई घर परिवारलाई मात्र नभएर राष्ट्रका सच्चा निष्ठावन कर्मचारी नेपाल पुलिस लाई समेत आरोप किन लगइन ?
यदि उनलाई सम्बन्ध कायम गर्नु थियो भने कमल सँग छुट्नु थिएन भने सम्बन्ध टुटाउन गरिएको हर हिसाव मा कमलले दिएको नगद रकम किन स्वीकार गरिन् ???
#यो सबै कारण हरु हेर्दा सपना लाई कमलको माया होइन फेरि पनि केही रकम को माया लागेको स्पष्टै बुझ्न सकिन्छ । ठीक छ उनी हरुकाे सब हर हिसाव होला त्यो आफ्नो ठाउँमा छ , पैसा र सुन नै चाइएपनी संपर्क मा आएर माग गर्न सकिन्छ तर किन फेसबुकमा बद्नाम गर्ने भन्ने प्रश्नमा सपना भन्छिन् : मैले न्याय पाइन …
अब सपना लाई न्याय दिन कमलले बहु विवाह गर्ने की
फेरि पनि नगद दिने ???
बहु विवाह गरे कानुनको दायरामा दुवै जना जेल !
नगद दिए सपनाले फेरि पनि फोटो फेसबुक मा राखेर पैसा माग्ने खेल!!!
सामाजिक काममा पनि आफूलाई खटाउने कमल खड्का गाउँको जिम्मेवार व्यक्ति हो।
आएर आज मिलेर जाने , भोलि गएर फेसबुकमा फोटो हाल्ने सपनाको खेलले तनाव ग्रस्त कमलले आफू आत्महत्या गर्ने सम्म सोचमा पुगेको सन्देश नेपाल लाई जानकारी दिए ।
उनी भन्छन् जीवनमा मान्छे बाट गल्ती हुन्छ , म बाट पनि गल्ती भयो तर मैले सबै कुरा उनले भनेको मानेर सहमति गरियो मैले केहि नगद पनि दिएर उनको राजी खुसी मै हामी छुट्टियो ।
हामी छुट्टिनुनै हामी दुबैको लागि हित थियो ,फेरि अहिले
आएर मेराे जिन्दगी नै बर्बाद पार्ने नियतले सामाजिक सञ्जालमा भाइरल बनाउँदा मलाई बाँच्न मन लागेको छैन । हामी विगत मा जे जे गरियो सबै सल्लाह सहमति मै गरियो उन लाई पनि सब था थियो मेरो बिहे भएको छोरी हरु भएको हाम्रो घर पनि त्यति धेरै टाढा होइन तर अइले आएर यो सब मलाई दुःख दिने बद्नाम गर्ने र मेरो प्रगति मा बाधा बन्ने नियतले गरिएको हो भन्ने कमलको गुनासो छ ।

सपनाको स्टाटस