560 views 0 secs 0 comments

जानकी चोकमा नरिवल बेच्ने बालक र भिडियो खिच्ने व्यक्तिलाई प्रहरीले कुटपिट घटना छानबिन…

In देश, समाज
१३ भाद्र २०७६, शुक्रबार १७:०१

जनकपुरधामको जानकी चोकमा नरिवल बेच्ने एक बालक र भिडियो खिच्ने एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ ।
बिहीबार दिउँसो भएको उक्त घटनालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना हबल्दार र एक जना जवान रहेका छन् ।
जानकी मन्दिर परिसरमा रहेका भित्री पसल टहरालाई हटाउन हटाउने क्रममा मन्दिरमा खटिएका पर्यटक प्रहरी र ठेलाबालाबीच विवाद भएको प्रहरीले जनाएको छ । उक्त विवादलाई भिडियो बनाई प्रहरीले पैसा माग्दा नदिएकोले कुटपिट गरेको भनी सामाजिक सञ्जालमा राखेको विषयमा पर्यटक प्रहरी र स्थानीय युवाबीच विवाद भएको थियो ।