582 views 0 secs 0 comments

निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा…

In देश
२ आश्विन २०७६, बिहीबार १२:०५

निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेका छन् । पानीले बस्ती डुबे पनि मानवीय र भौतिक क्षति भने भएको छैन ।
केही दिनदेखि परेको वर्षाको पानीले निकास नपाएपछि जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाको खजुरा गाउँपालिका यसपटकको वर्षाले सबैभन्दा धेरै प्रभावित भएको छ । यो गाउँपालिकाको २, ५, ६ र ७ वडाका घरहरू डुबानमा परेका छन् ।
प्रहरीका अनुसार, खजुराका ४ वडामा गरी १५० घरधुरीमा पानी पसेको छ । पानी पसेपछि प्रभावितहरूलाई सकुशल सुरक्षित स्थानमा सारिएको छ । कतिपयले आफन्तकोमा आश्रय लिइरहेका छन् ।