
९ मंसिर, काठमाडौँ ।
काभ्रेपलाञ्चोककमा नौ प्रतिभालाई सम्मान गरिएको छ । बनेपास्थित शब्दयात्रा प्रकाशनले चार जनालाई विद्वतवृत्ति, तीन जनालाई कदरपत्र र दुई जनालाई छात्रवृत्तिले सम्मान गरेको हो ।
उनीहरुलाई विश्वहिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्य र विश्वकीर्तिमानी महिला डा.सरिशा श्रेष्ठले सम्मान एवं छात्रवृत्ति प्रदान गरेका हुन् ।