8 views 0 secs 0 comments

कोशी प्रदेशसभामा बजेट प्रतिस्थापन विधेयक पेश

In देश, समाज
९ मंसिर २०८०, शनिबार १५:४४

९ मंसिर, काठमाडौँ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को  बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेश गरेका हुन् ।