621 views 0 secs 0 comments

सर्वोच्च परिसरमा बम राखेको हल्ला मात्र होः काठमाडौं प्रहरी प्रमुख

In देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार ११:०१

प्रहरी सर्वोच्च अदालत परिसरमा बम राखेको भन्ने हल्लामात्र भएको बताएको छ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार सबैलाई बाहिर निकालेर खोज्दा पनि केही फेला परेको छैन। ‘हामीले खोज्दा केही भेटिएन, बम राखेको हल्ला मात्र हो,’ धानुकले भने।

मंगलबार अपरान्ह सर्वोच्च परिसरमा बम राखेको हल्ला चलेपछि प्रहरी टोली खटेको थियो। सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीको मोबाइलमा सर्वोच्च परिसरमा बम राखेको सन्देश आएको थियो।

बम राखेको हल्ला चलेपछि सर्वोच्च परिसरसहित आसपासका मानिसमा त्रास फैलिएको थियो।