642 views 0 secs 0 comments

विजयी सांसदलाई प्रमाणपत्र वितरण

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १६:३०
हेटौंडा : मकवानपुरमा विजयी प्रतिनिधसभा र प्रदेशसभाका सदस्यलाई आइतबार बिहान प्रमाणपत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आज बिहानसम्ममा विजयी भएका प्रतिनिधिसभाका २ जना र प्रदेशसभाका ४ जना सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो।

मकवानपुरका मुख्य निर्वाचन अधिकृृत खडानन्द तिवारीले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विजयी कृष्णप्रसाद दाहाल, क्षेत्र नम्बर २ मा विजयी विरोध खतिवडा र प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क मा विजयी प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ख मा विजयी डोरमणी पौडेललाई प्रमाणपत्र वितरण गरे।

त्यस्तै मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क मा विजयी कुमारी मोक्तान र ख मा विजयी इन्द्र बानियाँलाई प्रमाणत्र वितरण गर्दै खादा र माला ओढाएर कार्यकालको सफलताको कामनासहित निर्वाचन अधिकृत तिवारीले प्रमाणपत्र वितरण गरे।

प्रत्यक्ष निर्वाचको मत गणना सकिएपछि मुख्य निर्वाचन अधिकृत तिवारीले सबै मतदाता,सुरक्षा निकाय ,राजनीतिक दल,सञ्चारकर्मी सबैलाई धन्यवाद दिए। समानुपातिकर्फतको मत गणना सोमबार बिहान १० बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।