721 views 0 secs 0 comments

ट्रम्पको अकाउन्ट ११ मिनेट बन्द हुनुमा ट्वीटरका पूर्वअधिकारीको हात !

In विश्व, सूचना-प्रबिधि
२४ मंसिर २०७४, आईतवार १६:२८

काठमाडौं । सामाजिक संजाल ट्वीटरमा कार्यरत् एक कर्मचारीले आफ्नो जागिर छाड्ने अन्तिम दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ११ मिनेटम्म बन्द गराएको रोयटर्सले जानकारी दिएको छ ।

पुर्ख्याैली घर टर्की भएका भतियार दुयस्यक जर्मनीमा जन्मेहुर्केका हुन् । स्यानफ्रेनसिस्कोमा बस्दा उनले ट्वीटरको अफिसमा अस्थायी रुपमा काम गरिरहेका थिए ।
गत नोभेम्बर २ मा अचानक ट्रम्पको सामाजिक संजालको अकाउन्ट बन्द भएपछि यसका दोषीको धेरै खोजी गरिएको थियो ।

अहिले आएर मात्र दुयस्कको गलतीका कारण यस्तो भएको पत्ता लागेको छ । जागिर छाड्ने समयमा अन्तिम पटक दिइएको काम पूरा गर्न खोज्दा यो दुर्घटना भएको उनले बताएका छन् । तर आफ्नो सानो गल्तीले राष्ट्रपति ट्रम्पको अकाउन्ट त्यसरी बन्द हुन्छ भन्ने चाहिँ सपनामा पनि नसोचेको उनले एक अन्तर्वार्तामा बताएका हुन् । उनका अनुसार त्यो घटना योजना बनाएर भएको होइन ।

तर पनि दुयस्कले कुनै समय मुसल्मान समुदायमा सुरक्षा गार्डका रुपमा काम गरिसकेको हुनाले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिएको छ ।

यसरी सानातिना कर्मचारीले पनि राष्ट्रपतिको जस्तो संवेदनशील अकाउन्टलाई नियन्त्रण गर्न सक्ने भएको हुँदा भविष्यमा यसको दुरुपयोग हुने सम्भावना अधिक देखिन्छ ।
यस्ता साना गल्तीले अन्तर्राष्ट्रिय स्तरमै ठूलो दुर्घटना निम्त्याउन सक्ने निश्चित रहेको देखिन्छ ।

त्यसबेला दुयश्यकले अन्य कुनै किसिमको हानि नपु¥याएको भएपनि उनीमाथि अझै शंकास्पद ढङ्गले अनुसन्धान भइरहेको छ । कोही व्यक्तिले राष्ट्रपति ट्रम्पको अकाउन्ट सम्बन्धी गुनासो गरेकाले आफूलाई सो अकाउन्ट ट्रम्पको भन्ने थाहा नभएपछि यस्तो गल्ती भएको दुयस्कले स्वीकारिसकेका छन् ।