614 views 2 secs 0 comments

खै महानगरले सुविधा दिएको ?’

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १६:२५

ललितपुर : ललितपुर महानगरपालिकाका वृद्वाहरुले महानगरबाट आफूहरुले सुविधा नपाएको गुनासो गरेका छन्।  ललितपुरको सुनाकोठीम भेटिएका ७० वर्षीया पञ्चमाया महर्जन र ६० वर्षीया तीर्थमाया महर्जनले महानगरले आफूहरुलाई कुनै सुविधा नदिएको गुनासो गरेका हुन्।

उनीहरु शुक्रबार मध्यान्ह्र आफनो घर अगाडिको खाल्डो पुर्न व्यस्त देखिन्थे। सेतै फुलेको कपाल, चाउरी परेको हातले रोडामाटो बोक्दै खाल्डोखुल्डी भराउँदै थिए।

पञ्चमाया निकै आक्रेशित हुँदै भनिन्,‘खै कहाँ छ महानगर ? कसले बनाइदेला यो बाटो ? पानी, ढल, फोहोर केही सुविधा छैन, कस्तो खालको महानगर हो यो ?’ प्रधानपञ्चको पालादेखि भोट हाल्दै आएको उनले अहिलेसम्म आधारभूत सुविधा भने नपाएको दुःखेसो पोखिन्।

भनिन्,‘कसले के गरे हाम्रो लागि, यसपालि जित्नेले केही गर्लान भन्ने लागेपनि आफ्नो इच्छा अनुसार महानगरले काम नगरेको उनले बताइन्। उनको घरछेउको बाटोमा दुइतिरका गाडी पास हुन सक्ने अवस्था छैन। जहिले पनि सवारी जाम पर्दा उनी दिक्क मान्छिन्। भनिन्, ‘यो समस्या मैले थाहा पाएदेखिकै हो, सधै जाम।’

उनी सानो छँदा टिकाभैरवबाट कुलो बनाएर पानी ल्याइएको थियो त्यतिबेला पोखरी बनाइएको थियो, स्थानीयहरु त्यँही पानीले नुहाइधुवाई गर्थे, पिउँथे। तर सोही ठाउँबाट ढल बग्ने गरेको छ। ‘पिउने पानी छैन, पोखरीहरु पुरिए। पानीको अभावको कारण यहाँका मानिसहरु निकै दुख पाएका छन्, दिनभरी धुलो खाँदाखाँदा हैरान हुन्छ’ उनले भनिन्।

स्थानीय सुजित महर्जनले महानगरले सामान्य कुरा पनि ध्यान दिन नसकेको बताए। ‘सडक जामका कारण समस्या छ, त्यसका साथै अव्यवस्थित बाटोको कारण धुलोमैलो उतिकै छ’ उनले भने।आधारभुत आवश्यकता नै पूरा नगनर्ने महानगर नेतृत्वप्रति प्रश्नचिन्ह खडा भएको उनले बताए।

होटल म्यानेजमेन्टको विद्यार्थी सुजित, केही परिवर्तन होला की भन्नै आशा भएपनि निकै वर्ष कुर्नुपर्ने निश्चित भएको बताए। बाटो, पानी, बिजुली, ढल लगायतका बिजुलीबत्तिको एकदमै समस्या भएको उनले गुनासो गरे।

स्थानीय उत्तम महर्जनले बाटोका दुवैछेउमा जमेका ढलले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पारको उनले दुखेसो पोखे। यत्रतत्र छरिएका फोहर र झिँगाको कारण मुख थुन्दै हिन्नु परेको उनको भनाई थियो। ‘घरै अगाडीबाट ढलहरु बगेका छन्, पानी त्यही जम्छ ‘ उनले भने।

उनले सबै भन्दा पहिला सुनाकोठीको बाटो खुलाउन आवश्यक रहेको बताए। ‘दिनहुँको जामले दिक्क बनाउँछ, अहिलेसम्म भोट कति हालियो, हाम्रो भोटले नेताहरुले जिते तर विकासको नाममा सिन्को भाँचेनन्