672 views 0 secs 0 comments

सर्लाहीमा बम विस्फोट

In देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:३१

सर्लाही / रास– सोमबार बिहान सर्लाहीको कर्मैयामा पे्रसर कुकर बम विस्फोट भएको छ । कर्मैयाको पुतली चोकबाट करिब ३ किलोमिटर दक्षिण गोडारी खोलाको डाइभर्सनमा बम विस्फोट भएको हो ।

बिहान ६ बजेतिर ठूलो आवाजमा बम विस्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास पे्रसर कुकर र बमको छर्रा छरिएको अवस्थामा भेटिएको छ । विस्फोटबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

बम राख्ने व्यक्तिको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए । यसैबीच सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विस्फोट भएको छ ।