
बेइजिङ – चीनका प्रधानमन्त्री ली खछ्याङ र बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री लीले चीन बेलायतसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन र दुवै देश र त्यहाँका जनताको हितका लागि आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताएका छन्।
ली निकट स्रोतले बताएअनुसार बेइजिङको जोङनानहाई परिसरमा भएको भेटमा चिनियाँ प्रधानमन्त्रीले क्यामरून बेलायती प्रधानमन्त्री रहँदा चीन–बेलायतबीचको सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान गरेको भन्दै बेलायती पूर्वप्रधानमन्त्री क्यामरूनको प्रशंसा गरेका थिए। चीनले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको लीको भनाइ थियो। चीनले बेइजिङ–लन्डनबीचको राजनीतिक सम्बन्धलाई मजबुत पार्दै आर्थिक, व्यवसायिक तथा वित्त क्षेत्रमा सहकार्य गर्दै लगानीको सम्भावित सम्भावनालाई गहिरो बनाउने र दुवै देश र जनताको बराबर लाभका लागि काम गर्न इच्छुक रहेको पनि बताए।
बेलायत र युरोपेली संघ (ईयू)बीच हालै भएको सहमतिलाई विश्वले महत्वपूर्ण रूपमा ध्यान दिएको बताउँदै बेलायत र ईयू दुवै चीनका महत्वपूर्ण साझेदार रहेकाले दुवै पक्षको शान्ति, स्थायित्व र समृद्धिमा खुशी रहने लीको स्पष्टोक्ति रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
बेइजिङले चीन–बेलायत तथा चीन–ईयूबीच बहुपक्षीय सम्बन्ध, स्वतन्त्र व्यापार, परस्पर लाभदायी सहकार्य गर्ने प्रधानमन्त्री लीले बताए।
यसैबीच भेटका समय बेलायती पूर्वप्रधानमन्त्री क्यामरूनले आफ्नो कार्यकालमा बेइजिङ र लन्डनको पहलमा सम्बन्धको सुनौलो युगमा प्रवेश गराउन सफल भएको बताए। परिस्कृत द्विपक्षीय सहकार्य र दुईपक्षीय लगानी र व्यापारले दुवै मुलुकको आर्थिक वृद्धि भएको क्यामरूनले स्वीकार गरेको चिनियाँ स्रोतलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ। उनले बहुपक्षीय सम्बन्ध र स्वतन्त्र व्यापारमा बेलायतको दृढ सहयोग रहने पनि बताए।
ली_खछ्याङ
डेभिड_क्यामरुन
भेटवार्ता