795 views 1 sec 0 comments

यौन प्रस्ताव अस्वीकार गर्दा पत्नीको हत्या

In देश, विश्व
४ मंसिर २०७४, सोमबार १५:५३

 

 

भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् ।

हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै मंगलबार पत्नी सुमनको हत्या गरेका हुन् ।

हत्या गर्नुअघि यो दम्पतीबीच केहि समय यौनका बारेमा गम्भीर विवाद चलेको थियो ।

दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी अधिकारी रमेश जगलानले बताए ।

केही दिनदेखि सुमनले पतिको यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दै आएकी रहिनिछन् । मंगलबार पनि उनले पतिको प्रस्ताव अस्वीकार गरेपछि सञ्जयले पत्नीको
घाँटी रेटेर हतया गरेका रहेछन् , जागलानले भने ।

सञ्जय र सुमनबीच १० बर्षअघि विवाह भएको थियो । उनीहरुका दुई सन्तान छन् ।