
बुटवल– गुल्मीको धुर्कोट गाउँपालिकामा मंसिर ११ गते दिउँसो एकजना युवा नातामा काकी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सो गाउँपालिका वडा नम्वर ६ का ३५ वर्षीय नामहरि पन्थी ५२ वर्षीया काकी नसरी (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
काकी बलात्कार गर्न लागेको थाहा पाएर गाउँले र प्रहरीले समात्न खोज्दा भाग्नेक्रममा उनी भिरबाट लडेर गम्भीर घाईते भई अस्पताल भर्ना समेत भएका छन् । उनलाई प्रहरीले घाईते अवस्थामा पक्राउ गरी निगरानीमा राखेर अस्पतालमा उपचार गराईरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
एसपी बस्नेतका अनुसार उक्त दिन दिउँसो कतै जान लागेकी काकीलाई खाना खान आग्रह गर्दै पन्थीले घरभित्र डाकेर बलात्कार गरेका थिए । घरभित्र बोलाएर बलात्कार गर्न लाग्दा काकी चिच्याएर गुहार मागेपछि गाउँवासी जम्मा भई समात्ने प्रयास गरेका थिए । भाग्दै जाने क्रममा लडेर गम्भीर घाईते उनलाई अस्पतालबाटै अनुसन्धान प्रकृया अगाडी बढाईएको एसपी बस्नेतले बताए ।