
घिन्ताङ् घिन्ताङ् मादल बज्दा नाचुँ नाचुँ लाग्छ,
किन होला अनायासै हाँसुँ हाँसुँ लाग्छ !’
यस्तै पीडाका बीच रमाइरहेका छन्, गोरखा नगरपालिका–१२ दशकिलोका कुलु परिवार । पुस्तौंदेखि मादल बनाएर उनीहरूले गुजारा चलाइरहेका छन् । ४२ बसन्त पार गरिसकेका हरिराम कुलु १६ वर्षको उमेरदेखि यही पेशामा घुलमिल हुँदै आए । बाबुबाजेको पालादेखि मादल बनाउने पेशालाई निरन्तरता दिन पाउँदा उनी खुशी नै देखिन्छन् ।