811 views 0 secs 0 comments

डुङ्गा दुर्घटनामा परी ४० यात्रुको मृत्यु, ६० जना सकुशल उद्धार…

In विश्व
११ भाद्र २०७६, बुधबार १६:२५

लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ।
दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।