
नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ । कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोली पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी अवस्थामा छ ।
मिसनमा टोली जानुपूर्व तालिम निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक कार्यालय न्युयोर्कको ६ सदस्यीय टोली सोमबार काठमाडौं आइपुगेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौड्यालका अनुसार कारमा प्रमुख सेनानीको नेतृत्वमा चार सय ५० जनाको गणस्तरीय टोली मिसनमा जान तयारी अवस्थामा छ । यसलाई लाइट इन्फेन्ट्री बटालियन भनिएको छ ।