858 views 0 secs 0 comments

यिनी हुन् संसारकै सुन्दर महिला वकिल

In विश्व
१५ मंसिर २०७४, शुक्रबार १२:५१

काठमाडौं, १५ मंसिर — अस्ट्रेलियाको सिड्नीमा बस्ने पिया मेहलेनब्याक नामक महिलाका तस्वीरहरू आजकल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

पेशाले वकिल पियाले दुई वर्षअघि ब्लगर बन्नका लागि वकिलको काम छोडिदिएकी थिइन् । त्यसपछि उनी इन्स्टाग्राममा आफ्ना ग्ल्यामरस तस्वीरहरू शेयर गर्न थालिन् । उनका फलोअर्स बढ्दै गएपछि उनी फेमस मोडल भइन् ।

जागिर छोडेपछि पियाले आफ्नै ब्लग शुरु गरिन् अनि फेशन पत्रिका गर्जियसमा मार्केट एडिटरका रूपमा काम गर्न थालिन् ।

पियालाई मोडलिङको अफर आउन थालेपछि उनले धेरै ब्रान्डका लागि मोडलिङ गरिन् । मोडल बनेपछि उनले आफ्नै स्लिंक नामक स्पोर्टवेयर ब्रान्ड शुरु गरिन् ।

इन्स्टाग्राममा उनका २० लाख फलोअर्स छन् ।