काठमाडौं, १५ मंसिर — लन्डनकी मोडल रियान सुग्देनले सडकमा बडी पेन्ट गरेर घुम्दा सबैजना छक्क परे । उनको ढाडमा एउटा जनावरको तस्वीर बनेको थियो ।
प्रसिद्ध मोडललाई देखेर हिँडिरहेका मानिस एकछिनका लागि रोकिए ।
रिहानको सामाजिक सञ्जाल अकाउन्टअनुसार, उनी एउटा अभियान चलाइरहेकी छन् । कपडा र जुत्ताका लागि जनावरको छालाको प्रयोगलाई विरोध गर्नका लागि उनले यसो गरेकी हुन् ।
कपडादेखि लिएर लग्जरी कोटमा जनावरको छाला प्रयोग हुन्छ । त्यसैले उनले जनावरजस्तै गरी पेन्ट गरेर विरोध गरे ।
सुपरमोडल रिहान जनावरको कल्याण गर्ने संस्था पेटाको अभियानलाई अघि बढाइरहेकी छन् । राम्रो कपडाका लागि जनावरलाई कठोर पीडा दिँदै मृत्यु दिनु गलत भएको उनी बताउँछिन् । यसको सबैले विरोध गर्नुपर्छ ।