777 views 0 secs 0 comments

१८ एमबीपिएस गतिको इन्टरनेट ९९९ रुपैयाँमै, वार्षिक ग्राहकले ६ महिना निशुल्क नेट टीभि हेर्न पाउने

In देश, शिक्षा, सूचना-प्रबिधि
१५ मंसिर २०७४, शुक्रबार १२:५५

काठमाडौं। भायनेट नेपालले आफ्नो १८ औं वार्षिक उत्सवको अवसर पारि १८ एमबीपिएस गतिको इन्टरनेट ९९९ रुपैयाँमै दिने भएको छ।

त्यसका साथै १ वर्षको लागि इन्टरनेट लिने ग्राहकले ६ महिना सम्म निशुल्क नेट टीभि पनि हेर्न पाउने कम्पनीले जनाएको छ।

यो योजनामा सहभागी मध्ये १८ जना भाग्यशाली विजेताले १ वर्ष सम्म निःशुल्क इन्टरनेट पाउने पनि कम्पनीले जनाएको छ।

यो योजना आगामी माघ २८ गते सम्म लागु हुनेछ। योजना भने काठमाडौं उपत्यका भित्र मात्र  लागु भएको कम्पनीले जनाएको छ।