825 views 2 secs 0 comments

जापानले अप्रिल १ देखि : १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदै…

In विश्व
११ चैत्र २०७५, सोमबार १६:२७

नेपाली कामदार रोजगारीका लागि जापान पठाउन गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् ।

जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।
https://youtu.be/7_LSMNaM4To