गाजाको अस्पतालमा सेवा बन्द, नवजात शिशुको मृत्यु

In विश्व, समाज, सूचना-प्रबिधि
२५ कार्तिक २०८०, शनिबार १६:२७

२५ कात्तिक, काठमाडौं ।

गाजास्थित अल सिफा अस्पतालको सेवा बन्द भएको छ ।

इन्धन सकिएका कारण अस्पतालको सम्पूर्ण कामकाज रोकिएको हमासको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल किद्रालाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सिफा अस्पताल सबभन्दा ठूलो अस्पताल हो । प्रवक्ता किद्राले भने, ‘एक नवजात शिशुको इन्क्युबेटरमा मृत्यु भएको हो । त्यहाँ ४५ बच्चा छन् ।’

बीबीसीका अनुसार इजरायली सेनाले यो अस्पताललाई चारैतिरबाट घेरा हालेको छ ।

डाक्टर्स विदाउट बोडर्स उएमएसएफ)का डेपुटी मेडिकल को–अर्डिनेटर डा. मोहम्मद अबू मुगइसेब भन्छन्, ‘यो अस्पतालमा जति बिरामी छन्, उनीहरु सबै मर्नेछन् र अस्पताल चिहान बन्ने छ ।’