
भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ३० जना बेपत्ता भएका छन्।
आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो।
डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले जनाएको छ। स्थानीयहरूले २७ जनालाई उद्धार गरेका छन्।