
नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ ।
श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि खाना सहित एक हजार रियाल तलब थियो।
सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलब तोकेको हो। सन् २०१३ मा तलब निर्धारण गरेपछि कामदारको तलब समिक्षा भएको थिएन।
खुल्ला बजार भन्दै साउदी सरकार आफैले भने तलब तोक्ने काम गरेको छैन। कम्पनी र कामदारबीच समझदारी भएको तलवलाई साउदीले कार्यान्वयन गर्दै आएको छ ।