
काठमाडौं महानगरपालिका-६ सरस्वती नगर डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका राजन केसीको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।