583 views 0 secs 0 comments

कारको ठक्करबाट एकजनाको मृत्यु…

In समाज
२ पुष २०७६, बुधबार ११:४२

देशको राजधानी काठमाडौंमा भएको भयानक दुर्घटनामा एकजनाको ज्यान गएको छ । काठमाडौंको बुढानिलकण्ठ–५ मा कारको ठक्करबाट एकजनाको मृत्यु भएको हो । गोरखा घर भइ विष्णुमति बस्ने ४२ वर्षीया लीला देवकोटा रहेको प्रहरीले जानकारी दिएको छ । बिहान करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १५ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो ।
उनलाई उपचारका लागि न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिँए । प्रत्यक्षदर्शीका अनुसार चालक २१ वर्षीय पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेर अनियन्त्रित ढंगले कार चलाइरहेका थिए । त्यसक्रममा सडकपेटीमा रहेकी देवकोटालाई कारले ठक्कर दिन पुगेको थियो । प्रहरीका अनुसार मल्लसहित कारमा सवार २० वर्षीय करिश मास्के दुई युवती लिएर शुक्रबार साँझ शिवपुरी नजिकैको डाँडागाउँ घुम्न गएका थिँए । मल्लविरुद्ध सवारी ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठले जानकारी दिएको छ ।