687 views 0 secs 0 comments

सुटिङको क्रममा सेटबाट लडे नायक गडफ्रे चीनमा मृत्यु…

In विश्व
१२ मंसिर २०७६, बिहीबार १३:३६

ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो  ।
३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए । तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ ।