
एजेन्सी, माघ २९—चीनको सांघार्इमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ ।
ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ ।
करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ ।अदालतले ती व्यक्तिलाई जेल सजाय सुनाएपनि कति समयको लागि हो त्यो भने खुलाइएको छैन ।