
काठमाडौं –निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘लुट–२’ ले पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा समावेश केहि दोहोर अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केहि दृश्य काटेर सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइएको छ ।
यो सिनेमामा लुटमा भएका जस्ता सम्वादहरु धेरै नभएकाले केही सम्वादहरुमा मात्रै हटाईएको जनाईएको छ । निश्चल बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ । फागुण १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
लुट–२’ को ट्रेलरले नेपाली सिनेमाको इतिहासमा कम समयमा सबैभन्दा धेरै दर्शक पाउने कीर्तिमानी राखिसकेको छ । रिलिज भएको केही दिन सिनेमाको ट्रेलर एक नम्बर ट्रेण्डिङमा थियो ।
त्यस्तै सिनेमामा समावेश दुईवटा गीतहरुले पनि निकै चर्चा पाएका छन् । ठमेल बजार र घ्याम्पे बोलका गीतलाई दर्शकले खुबै रुचाएका छन् । यहि सिनेमाको गीत ठमेल बजारमा नाचेर मोडल एलिशा राई पनि रातारात चर्चामा आएकी थिइन् ।
ट्रेलर