320 views 0 secs 0 comments

आज डलरको मूल्य कति पुग्यो ?

In विश्व
१३ पुष २०७८, मंगलवार १०:०३

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।