309 views 0 secs 0 comments

पोखरामा १५ वर्षअघि भएको हत्यामा संलग्न आरोपीलाई बहराइनमा पक्राउ…

In समाज
१३ पुष २०७८, मंगलवार ०९:४०

पोखरामा १५ वर्षअघि भएको हत्यामा संलग्न एकजना आरोपीलाई बहराइनमा पक्राउ गरिएको छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइन प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको प्रहरी प्रवक्ताले बताए ।
२०६३ वैशाख २९ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि उनी बैदेशिक रोजगारीका लागि बहराइन गएका थिए । मंसिर २७ मा प्रहरीले गुरुङविरुद्ध रेड नोटिश जारी गरेको थियो ।रोजनलाई दाउराको चिर्पटले हिर्काएर गम्भिर घाइते बनाएको र अस्पतलमा उनको मृत्यु भएको थियो । कुटनीतिक माध्यमबाट सुपुर्दगी गरेर उनलाई नेपाल ल्याइने एसएसपी कुँवरले बताए ।
गत साउनभन्दा पछि प्रहरीले सरकारी कागजात किर्ते मुद्दाका केदार ढुंगानालाई पोर्चुगलबाट र ३३ किलो सुन प्रकरणका कृष्ण गोपाल अग्रवाललाई दुवईबाट काठमाडौं ल्याएको छ । रेड नोटिस जारी गरिएका मध्ये १५ जना विदेशमा लुकेर बस्ने गरेको ठाउँ पत्ता लागेको एसएसपी कुँवरले बताए । उनले भने– ‘इन्टरपोलसँगको समन्वयमा पक्राउ गरेर ल्याउने क्रम जारी छ ।’