232 views 0 secs 0 comments

एक महिनापछि खुल्यो चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग

In देश, समाज
५ मंसिर २०७८, आईतवार ०७:५९

गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बस बाहेकका साना यातायातका साधन वारपार गर्न सक्ने बनाइएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन । यस्तै जालेबगरमा सडक भएको ठाउँमा नदी बग्न थालेपछि नदीलाई डाइभर्ट गरेर अस्थायी रुपमा वैकल्पिक सडक बनाइएको छ ।