243 views 0 secs 0 comments

बलेफी–सुकुटेमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

In समाज
४ मंसिर २०७८, शनिबार १८:४३

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ५ ख ४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१ प ०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए ।