435 views 0 secs 0 comments

जंगली हात्तीले कुल्चिँदा एक बालकको मृत्यु…

In समाज
२४ मंसिर २०७६, मंगलवार १९:४५

जंगली हात्तीले कुल्चिँदा मंगलबार सिराहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ ।
चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।