692 views 0 secs 0 comments

नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ…

In समाज
२४ मंसिर २०७६, मंगलवार २०:०४

नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण श्रेष्ठ र १६ वर्षीय निशान परियार रहेको प्रहरीले खुलाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४७ फेनरागन, ४७ डाइजोपाम, ४७ नुर्फिन गरी जम्माजम्मि १ सय ४१ एम्पुल सहित ४५ सिरिन्ज र ४ थान मोबाइल बरामद गरिएको प्रहरीको भनाई छ ।  घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।