634 views 0 secs 0 comments

प्रहरीले गोली हानेर दुई लुटेरा पक्राउ…

In देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १३:२७

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले संदेश नेपाल लाई जानकारी दिए।