557 views 0 secs 0 comments

साताको पहिलो दिन सुनको मूल्य बढ्यो…

In देश
१५ मंसिर २०७६, आईतवार १३:०६

साताको पहिलो दिन सुनको मूल्य रु ३०० ले बढेको छ।  चाँदीको मूल्य भने स्थिर रहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । 
यस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 
चाँदी भने शुक्रबारकै मूल्य रु ८५५ मा कारोबार भएको महासंघले जनाएको छ ।