607 views 0 secs 0 comments

उदयपुरमा विद्युतिय धरापमा परेर उम्मेदवार सहित चार घाइते

In देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:५८

उदयपुर, १३ मंसिर ( उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवार सहित चार जना गम्भिर घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित आज बुधबार विहान विद्युतीय धरापमा परी गम्भिर घाइते भएको जानकारी दिए ।

प्रजिअ श्रेष्ठका अनुसार उदयपुरगढी गाँउपालिका ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार नारायणबहादुर कार्की, काँग्रेसका कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भिर घाइते भएका छन । ‘एम्बुस थापि आक्रमण भएको जानकारी आएको छ,’ प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भिर घाइते भएकाले काठमाण्डौबाट उद्धारको लागि हेलिकप्टर मगाइएको छ ।’

जिल्लाको सुरक्षा समितिको बैठक समेत बस्दै छ । जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी प्रजिअ श्रेष्ठले जानकारी दिए । स्थानीय बासीका अनुसार गाडी पुर्ण रुपमा क्षति भएको छ ।