539 views 0 secs 0 comments

रानीपोखरी पुननिर्माणको ठेक्का रद्द

In देश, समाज
७ पुष २०७४, शुक्रबार १५:२४

काठमाडौं । महानगरपालिकाले रानीपोखरी पुननिर्माणको लागि भएको बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको छ ।

सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ । कम्पनीले रानीपोखरीको पुननिर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो ।

कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको बैठकमा सिफरिस गरिसकेको महानगरपालिकाका एक उच्च अधिकारीले बताए ।