550 views 0 secs 0 comments

तेस्रोलिंगीलाई कारागारमा राख्न समस्या

In समाज
७ पुष २०७४, शुक्रबार १५:२१

काठमाडौं । मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ । तर, कारागार व्यवस्थापन विभागका अनुसार तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ ।

कारागार व्यवस्थापन नहुदा कारागारमा तेस्रोलिंगी कैदीबन्दी राख्न समस्या आउने परेको छ । तेस्रोलिंगी कैदीबन्दीलाई पुरुष र महिला दुवै रहने कारागारमा राख्न नसकिने भएकाले समस्या आउने गरेको विभागको भनाइ छ । विभागका अनुसार तेस्रोलिंगी कैदीबन्दी राख्न छुट्टै ठाउँ नभएकै कराण गोलघर भित्र राख्नुपर्ने अवस्था आएको छ ।

पुरुष र महिला दुवै रहने ठाउँमा पनि राख्न नसकिने भएकाले उनीहरूलाई गोलघरमा राखिने गरिएको छ,’ विभागका महानिर्देशक घिमिरेले भने ।