काठमाडौं । नेपालका ख्यातिप्राप्त न्यूरो रोग सम्बन्धी चिकित्सक डा. उपेन्द्र देवकोटा लण्डनमा बेहोस भएर ढलेपछि लण्डनकै किङ्स कलेज अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
तर बिरामी जाँच्ने क्रममा देवकोटा अस्पतालमा एक्कासी बेहोस भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको दूताबासका एक अधिकारीले बताए।
उनले भने, ‘तर सामाजिक सञ्जालमा हल्ला भएजस्तो नभएर देवकोटाको स्वास्थ्य स्थिति सामान्य नै रहेको छ।’ न्यूरो रोगका ख्यातीप्राप्त चिकित्सक देवकोटा लामो समयदेखि लण्डनको अस्पतालमा नियमित बिरामी जाँच्न आउने गरेका छन् ।
पूर्व स्वास्थ्मन्त्री समेत रहेका यो पटक पनि नियमित कार्यक्रम अन्तर्गत नै केही दिनअघि लण्डन आएका थिए ।
नियमित बिरामी जाँच्न लण्डन आएका देवकोटा आफैं एक्कासी विरामी भएपछि अस्पताल भर्ना गरी उपचार सुरु गरिएको लण्डनस्थित नेपाली दूताबासका एक अधिकारीले जानकारी गराएका छन् ।
दूताबासका अधिकारीहरूले अस्पताल पुगेर देवकोटाको स्वास्थ्य अवस्था बुझेका छन् । देवकोटाको उपचार सेन्ट्रल लण्डनको डेनमार्क हिल, ब्रिक्सटोन एसइ ५ -आरएसस्थित किङ्स कलेज अस्पतालमा गुथरी वार्डको क्याबिन नम्बर १९ मा भइरहेको छ। देवकोटा १४र१५ दिनअघि नै अस्पताल भर्ना भएको स्रोतले जनाएको छ।