11 views 0 secs 0 comments

उद्धार टोलीलिएर गएको सेनाको हेलिकप्टर अवतरण हुनसकेन

In देश, भूकम्प
१८ कार्तिक २०८०, शनिबार ०४:२६

भूकम्प प्रभावित रूकुम पश्चिम गएको नेपाली सेनाको हेलिकप्टर चौरजहारीमा अवतरण गर्न नसकी सुर्खेत पुगेको छ।

शनिबार मेडिकल टिम र उद्धार टोली लिएर गएको सेनाको २ वटा हेलिकप्टर चौरजहारी विमानस्थलमा अवतरण गर्न नसक्दा सुर्खेत डाइभर्ट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।