
१८ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ” भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् ।
उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् ।
आज राति ११ बजेर ४७ मिनेट जाादा भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।
उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको अवस्थाबारे वि्रफिङ गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।