20 views 0 secs 0 comments

रूकम पश्चिममा जहाज तयारी अवस्थामा राख्न प्रधानमन्त्रीको निर्देशन

In देश, समाज
१८ कार्तिक २०८०, शनिबार ०२:४९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सका जहाजलाई चौरजहारी विमानस्थलमा तयारी अवस्थामा रहन निर्देनशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाल एयरलाइन्सलाई भुकम्पप्रभावित क्षेत्रहरूमा तयारी अवस्थामा रहन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लैजानका लागि नेपाल एयरलाइन्सको विमान चौरजहारी विमानस्थलमा तयारी अवस्थामा राख्नका लागि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएको आचार्यले बताए।
प्रधानमन्त्रीको निर्देशनसँगै नेपाल एयरलाइन्सको नाइनएन एबीटी कलसाइनको जहाज रूकुम जान लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।